भक्तपुर, ७ जेठ । मध्यपुरको सिवाः सायमि खलःले लगातार दोस्रो पटक मानन्धर समूह व्यापी फुटसल च्याम्पियनसीपको उपाधि जितेको छ । देशभरका मानन्धरहरुलाई सम्मिलित गराई आयोजना गरिँदै आएको च्याम्पियनसीपमा खलःले यस वर्ष पनि उपाधि हात पारेको हो । यस अघि २०७३ सालमा आयोजित च्याम्पियनसीप पनि जितेको थियो ।
भक्तपुरको सूर्यविनायकमा आयोजित च्याम्पियनसीपमा मानन्धर ग्रुप ख्वपलाई फाइनल खेलमा ३–५ गोल अन्तरं पराजित गर्दै खलः शिर्ष स्थानमा पुग्न सफल भएको हो । च्याम्पियसीपमा मानन्धर ग्रुप ख्वप दोस्रो तथा मानन्धर युनाइटेड तेस्रो भएका छन् ।
खेल जितेसँगै पहिलो, दोस्रो तथा तेस्रो हुने टिमलाई समुदायको छाता संगठन केन्द्रीय मानन्धर संघको प्रतिनिधिले नगदका साथमा शिल्ड तथा मेडल प्रदान गरेका हुन् । च्याम्पियनसीप मानन्धर ग्रुप ख्वपले आयोजना गरेको हो । च्याम्पियनसीपमा बालाजु, स्वयम्भू, साँखु, बनेपा, भक्तपुरको साःकोलान, वंगगोपाल तथा मध्यपुर थिमिलगायतका क्षेत्रमा स्थायी बसोबास गर्ने मानन्धरहरुको १९ टिमको सहभागिता थियो ।
फुटसल च्याम्पियनसीपको उपाधि सिवाः सायमिलाई
0
Share.
Comments