काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।
आयोजक फ्रान्स फुटबलले सार्वजनिक गरेको मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी सात पटकको विजेता मेस्सी अटाएका छैनन् ।
उनी २००६ पछि पहिलो पटक मनोनयनमा नपरेका हुन् । मेस्सीले पछिल्लो पटक २०२१ मा अवार्ड जितेका थिए ।
मेस्सीसँगै नेयमार पनि मनोनयनको सूचीमा अटाएका छैनन् ।
यस अवार्डको मुख्य दाबेदार मानिएको करिम बेन्जिमा मनोनयनमा परेका छन् । रियलका ६ खेलाडी मनोनयनमा छन्।
त्यसतै क्रिस्टियानो रोनाल्डो समेत सूचीमा अटाएका छन् ।
अवार्ड घोषणा आगामी अक्टोबर १७ हुने आयोजकले जनाएको छ ।
Comments