काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार विभिन्न ७ खेलहरु हुँदैछन् ।
प्रिमियर लिगको दोस्रो चरण अन्तर्गत शनिबार ७ खेल हुनेछ । जसमा म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाईटेड लगायतको टिमले प्रतिस्पर्धा गर्ने छन् ।
साविक विजेता सिटीले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ ।
आज सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ । बर्नेमाउथ पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
आर्सनलले घरेलु मैदानमा लेस्टर सिटीको सामना गर्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ ।
आर्सनल लगातार दोस्रो जितको खोजीमा हुनेछ । लेस्टर भने पहिलो जित निकाल्न चाहन्छ ।
म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डको सामना गर्नेछ खेल । यस खेल राति १०:१५ बजे सुरु हुनेछ ।
युनाईटेड पहिलो जितको खोजीमा हुनेछ । ब्रेन्टफोर्ड पनि पहिलो जित निकाल्न चाहन्छ ।
यस्तै अन्य खेलमा एभर्टनले एस्टन भिल्लासँग खेल्नेछ ।
ब्राइटनले न्युकासलसँग खेल्दा लिड्सले साउथह्याम्पटनको सामना गर्नेछ ।
अर्को खेलमा उल्भ्स र फुलहमबीच प्रतिस्पर्धा हुनेछ ।
Comments