काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुआत गरेका छन् । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई हराउँदै नाडालले सुखद सुरुआत गरेका हुन् ।
सेन्टर कोर्टमा नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ र ६-४ को सेटमा जित निकाले । विश्व वरीयताको दोस्रो स्थानमा रहेका नाडालको यो ३ सय ६ औं ग्रान्डस्लाम जित हो ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन् । ३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।
महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेकले पनि दोस्रो चरणमा स्थान बनाएकी छिन् । इगाले क्रोएसियाकी जना फेटलाई ६-० र ६-३ ले पराजित गरिन् । यससँगै पोल्याण्डकी इगाले ३६ औं खेलसम्म आफ्नो अपराजित यात्रालाई कायम राखेकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७९ असार १५ बुधबार
Comments