काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन् ।
एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो । बेलले एक सिजनका लागि लस एन्जलससँग सम्झौता गर्न सहमति जनाएको बताईएको छ ।
स्पेनिस क्लब रियल मड्रिड छाडेपछि बेल क्लब विहीन थिए । ३२ वर्षीय बेलले ९ वर्ष रियलमा बिताएर सिजनको अन्त्यसँगै क्लब छाडेका हुन् ।
उनी सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएको थिए । उनले रियलका लागि २ सय ५८ खेलमा १ सय ६ गोल गर्नुका साथै ६७ गोलको अवसर सिर्जना गरेका छन् ।
यस अघि लस एन्जलसले इटालीका पूर्व डिफेन्डर तथा पूर्व कप्तान जर्जियो केलिनीलाई अनुबन्ध गरिसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७९ असार १२ आइतबार
Comments