काठमाडौं । विश्व चर्चित अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेस्सी आजबाट ३५ वर्षको भएका छन्। सन् १९८७ जुन २४ का दिन जन्मिएका मेस्सीले आज परिवार र सहकर्मीसँग जन्मदिन मनाइरहँदा विश्वभरबाट उनका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्।
फुटबलमा पाउनुपर्ने सबै उपाधि र पुरस्कार पाइरहँदा मेस्सीले विश्वकप भने जित्न सकेका छैनन्। यसअघि सन् २०१४ मा मेस्सीले अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए। ब्राजिलमा भएको उक्त विश्वकपमा फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो।
यद्यपी मेस्सी आफ्नो जीवनको अन्तिम विश्वकपको लागि तयार छन्। यसैवर्ष कतारमा हुने विश्वकमा उनको टोलीले विश्वकप जित्ने प्रयास गर्नेछन्। ७ पटकका बालुन डि’ओर विजेता मेस्सीले बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।
१० पटक लालिगा जित्न सफल उनले ७ पटक कोपा डेलरे पनि हात पारेका छन्। यस्तै नयाँ क्लब पीएसजीमा उनले पहिलो सिजन नै लिग वानको उपाधि पनि हात पार्न सफल भए। मेस्सीले बाल्यकालदेखिका प्रेमिका एन्टोनियो रोकुजा विवाह गरेका छन्। उनीहरुको तीन सन्तान छन्।
प्रकाशित मितिः २०७९ असार १० शुक्रबार
Comments