काठमाडौं । नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पिटर सीलारले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । नेदरल्याण्ड्स क्रिकेटले कप्तान सीलारले संन्यास घोषणा गरेको जनाएकाे हाे । पछिल्लो समय देखिएकाे ढाडको चोटको कारण उनले संन्यास लिएको बताइएको छ ।
३४ वर्षीय अलराउन्डर संन्यासले नेदरल्याण्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २००६ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करिअरकाे सुरुवात गरेका उनले भर्खरै इंग्ल्याण्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२२ रन बनाउनुका साथै ५५ विकेट हात पारेका छन् । सन् २००८ मा केन्याविरुद्धको खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सीलारले गत वर्ष श्रीलंकाविरुद्ध अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए ।
उनले टी-२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित ५९१ रन बनाउनुका साथै ५८ विकेट लिएका छन् ।
प्रकाशित मितिः २०७९ असार ०६ सोमबार
Comments