काठमाडौं । काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यसै हप्ता फरवार्ड साडियो मानेसँग औपचारिक सम्झौता गर्ने भएको छ ।
बायर्नले यहिँ बुधबार मानेसँग सम्झौता गर्दै सार्वजनिक गर्ने जर्मन मिडियाहरुले जनाएका छन् । बायर्नले सेनेगलका फरवार्डलाई इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गर्न लागेको हो ।
लिभरपुल ४१ मिलियन युरोमा माने बेच्न सहमत भएको थियो । ३० वर्षीय फरवार्डले जर्मन च्याम्पियनसँग ३ वर्षको सम्झौता गर्ने बताईएको छ ।
माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए । उनले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितिसकेका छन् ।
मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् । यस्तै ४८ असिस्ट रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७९ असार ०६ सोमबार
Comments