काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ ।
फिफाले विश्वकप आयोजना हुने १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ ।
विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । सन् २०२२ को विश्वकप कतारमा हुनेछ ।
प्रकाशित मितिः २०७९ असार ०३ शुक्रबार
Comments