काठमाडौं । इङ्लिस प्रिमियर लिग २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ। प्रिमियर लिगले बिहीबार नयाँ सिजनको खेल तालिका सार्वजनिक गरेको हो। ६ अगस्टदेखि सुरु हुने सिजन २०२२–२३ को पहिलो खेलमा क्रिस्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।
खेल क्रिस्टल प्यालेसको घरेलु मैदान सेल हर्स्टमा हुनेछ। सोही दिन फुलहमले साविकको उपविजेता लिभरपुलसँग, बर्नमाउथले एस्टोन भिल्लासँग, लिड्सले वुल्भ्ससँग, लेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्ने छ।
यता, न्यू क्यासलले नटिङ्घम फरेस्टसँग, टोटनहमले साउथह्याम्पटनसँग र एभर्टनले चेल्सीसँग खेल्ने छ। यस सिजन फुलहम, बर्नमाउथ र नटिङ्घम फरेस्ट प्रिमियर लिगमा बढुवा भएका हुन्।
७ अगस्ट साविक विजेता म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग र वेस्टह्यामले साविक विजेता म्यानचेस्टर सिटीसँग खेल्नेछ।
प्रकाशित मितिः २०७९ असार ०२ बिहिबार
Comments