काठमाडौं । पेरिस सेन्ट जर्मेनका प्रशिक्षक माउरिसियो पोचेटिन्होले क्लब छाड्ने भएका छन् । गत साता दुवै पक्षबीच भएको छलफलपछि पोचेटिनोले क्लब छाड्ने तय भएको हो ।
पीएसजीले यसबारे औपचारिक रुपमा घोषणा गर्न बाँकी रहे पनि टोटनह्यामका पूर्व म्यानेजरले आफ्नो करारको अन्तिम वर्ष पुरा नगर्ने बताइसकेका छन् । च्याम्पियन्स लिग जिताउन असफल भएपछि पछिल्लो समय क्लब र पोचेटिनोबिच असन्तुष्टी बढेको थियो ।
बीबीसीका अनुसार पोचेटिन्होको स्थानमा जिनेदिन जिदान, जोसे मोरिन्हो र निसका प्रशिक्षक क्रिस्टोफर गाल्टियर पेरिस आउने चर्चा रहेको छ । उनी पेरिसमा सन् २०२१ को जनवरीमा १८ महिनाका लागि अनुबन्धित भएका थिए । उनले फ्रान्स आएपछि ३ वटा उपाधि पेरिसका लागि जितेका थिए । जस मध्ये कोपा डेल रे फ्रान्स २०२१, फ्रेन्च कप २०२१ र सन् २०२२ मा लिग वान जिताएका थिए ।
प्रकाशित मितिः २०७९ जेठ ३० सोमबार
Comments