काठमाडौं । आईटीएफ एशिया यू-१२ टेनिसको दक्षिण एशियाको छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। आइतबार नेपाल टेनिस संघले पत्रकार सम्मेलन गरी सोमबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।
जेठ ३० गतेदेखि असार ३ गतेसम्म हुने प्रतियोगितामा दक्षिण एशियाका सातै देशका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका महासचिव मनोहरदास मुलले बताए। उनका अनुसार प्रतियोगितामा प्रत्येक देशका ६ खेलाडी सहभागी हुनेछन्। नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट भइसकेका छन्।
नेपालबाट पुरुषतर्फ वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा महिलातर्फ शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिताबाट छनोट हुने खेलाडीले काजकिस्तानमा हुने फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।
प्रकाशित मितिः २०७९ जेठ २९ आइतबार
Comments