काठमाडौं । इंग्लिस क्लब लिभरपुलले उरुग्वेका युवा फरवार्ड डार्विन नुनेजलाई अनुबन्ध गर्ने भएको छ ।
लिभरपुलले बेन्फिकाबाट फरवार्ड नुनेजलाई अनुबन्ध गर्ने भएको हो । २२ वर्षीय फरवार्ड अनुबन्धका लागि लिभरपुलले बेन्फिकासँग सहमति गरिसकेको बताईएको छ ।
नुनेजसँग लिभरपुलले ५ वर्षको सम्झौता गर्ने बताईएको छ । नुनेज अनुबन्धका लागि अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले समेत चासो राखिरहेको छ ।
प्रकाशित मितिः २०७९ जेठ २७ शुक्रबार
Comments