काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत जर्मनी र इंग्ल्यान्डबीचको खेल अघि इंग्ल्यान्डका ७ जना समर्थक पक्राउ परेका छन् ।
जर्मनी र इंग्ल्यान्डबीचको खेल अघि म्युनिखमा ७ जना इंग्ल्यान्ड समर्थक पक्राउ परेको बीबीसीले जनाएको छ । पक्राउ परेका मध्ये ३ जना नाजी सलुटु गरेको आरोपमा रहेको बताईएको छ ।
जर्मनीविरुद्धको खेल हेर्न इंग्ल्यान्डका करिब ४ हजार समर्थक म्युनिख पुगेका थिए । जर्मनी र इंग्ल्यान्डबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ २५ बुधबार
Comments