काठमाडौं । काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा अष्ट्रियालाई २-१ गोल अन्तरले हराउँदै डेनमार्कले लगातार दोस्रो जित निकालेको हो । खेलको २७ औं मिनेटमा पिएर्रे इमिलले गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६७ औं मिनेटमा जाभिरले गोल गर्दै अष्ट्रियालाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा जेन्स लार्सेंनले गोल गर्दै डेनमार्कलाई २-१ को जित दिलाए ।
जितसंगै लिग ए समूह १ को डेनमार्कले २ खेलमा ६ अंक जोडेको छ । डेनमार्क शीर्ष स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ २४ मंगलबार
Comments