काठमाडौं । नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध जितका लागि ६७ रनको लक्ष्य पाएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको हो ।
भुटानका लागि कप्तान चोडेन र सन्गए वाङ््मोले समान ११ रन बनाए । पेमा याङचेनले ९ रन जोडिन् । इभा सोमसेल याङजोमले ७, चाडो ओमले ६, सोनामले ५ रन बनाए । नेपालका अनु कठायत, मनिषाकुमारी उपाध्याय र कप्तान कृतिका मरासिनीले समान दुई÷दुई विकेट लिए । स्नेहा महराले एक विकेट लिइन् । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो ।
तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो । ९ रनको लक्ष्य यूएईले सात बलमा विना विकेट क्षति पूरा गरेको थियो । यस हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । एसियाली छनोटबाट शीर्ष एक टोलीले दक्षिण अफ्रिकामा हुने विश्कपमा स्थान बनाउनेछ ।
प्रकाशित मितिः २०७९ जेठ २३ सोमबार
Comments