काठमाडौं । वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १-० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो ।
कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे । वेल्सको जित उक्त गोल निर्णायक बन्यो ।
वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो । अब वेल्सले समूह बी मा रहेर विश्वकप खेल्नेछ । यस समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान छन्
प्रकाशित मितिः २०७९ जेठ २३ सोमबार
Comments