काठमाडौं । अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको जित लियोनल मेस्सीले पाँच गोल गरे । खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ४७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनाको अग्रता तेब्बर बनाए ।
खेलको ७१ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाको लागि चौंथो गोल गरे । त्यसपछि खेलको ७६ औं मिनेटमा मेस्सीले व्यक्तिगत पाँचौं गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।
प्रकाशित मितिः २०७९ जेठ २३ सोमबार
Comments