एजेन्सी, १ जेठ । स्पेनिस ला लिगा फुटबल लिग अन्तर्गत गएराति भएका खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड दुवैले प्रभावशाली जित दर्ता गरेपछि उपाधि होड थप रोमाञ्चक बनेको छ । बार्सिलोनाले अवे मैदानमा भएको खेलमा लास पालमसलाई ४–१ ले हरायो ।
बार्सिलोनको जितमा नेइमारले तीन तथा लुइस स्वारेजले एक गोल गरे ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । यस्तै दुई खेल बाँकी रहेको रियलको पनि समान ८७ अंक नै छ । गोल अन्तरका आधारमा रियल दोस्रो स्थानमा छ ।
राति भएका अरु खेलमा एलाभेसले सेल्टा डी भिगोलाई ३–१ तथा स्पोर्टिङ गिजोनले एइबरलाई १–० ले हरायो ।
ला लिगा फुटबलको उपाधि होड थप रोमाञ्चक बन्दै
0
Share.
Comments