एजेन्सी, १ जेठ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा पराजित भएपछि म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना सकिएको छ ।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएको हो । टोटनह्यामको जितमा विक्टर वानयामा र ह्यारी केनले गोल गरे । युनाइटेडका लागि वायने रुनीले एक गोल फर्काए ।
उपाधि चेल्सीले जितिसकेकाले टोटनह्यामका लागि अबका खेल उपाधि भन्दा पनि अंक दूरी कम गर्नका लागि हो । युनाइटेडका लागि भने शीर्ष चारमा रहन अब बाँकी दुई खेल जिते पनि अब सम्भावना छैन । जितपछि दोस्रो स्थानको टोटनह्यामको दुई खेल बाँकी हुँदा ८० अंक भएको छ । छैटौं स्थानको युनाइटेडको ६५ अंक छ । उ पाँचौं स्थानको आर्सनल भन्दा चार तथा चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि छ ।
म्यानचेस्टर युनाइटेडको छनौट हुने सम्भावना सकियो
0
Share.
Comments