काठमाडौं । इंग्ल्यान्ड फुटबल एसोसियसनले एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्डलाई जरिवाना गरेको छ ।
इंग्ल्यान्ड एफएले एभर्टनका प्रशिक्षक लाम्पार्डलाई ३० हजार पाउण्ड जरिवाना गरेको हो । प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा लिभरपुलसँग २-० ले पराजित भएपछि गरेको टिप्पणीको कारण उनलाई जरिवाना गरिएको हो ।
लिभरपुलका जोएल माटिपले एभर्टनका एन्थोनी गोर्डोनलाई फउल गरेपनि पेनाल्टी नदिएको भन्दै लाम्पार्ड रिसाएका थिए। पोस्ट म्याचमा उनले उक्त फउल लिभरपुलको पक्षमा भए पेनाल्टी दिईने उनले टिप्पणी गरेका थिए ।
Comments