काठमाडौं । इंग्लिस क्लब लिड्स युनाईटेडले युवा विंगर ब्रेण्डन आरोनसनलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब लिड्सले ब्रेण्डनलाई अष्ट्रियाको आरबी साल्जवर्गबाट अनुबन्ध गरेको हो ।
अमेरिकन विंगर ब्रेण्डनले लिड्ससँग पाँच वर्षको सम्झौता गरेका छन् । २१ वर्षीय विंगर २०२७ सम्म लिड्समा रहने छन् ।
उनी जुलाई १ बाट लिड्सका खेलाडी हुने छन् । ब्रेण्डनले अमेरिकाको लागि १८ खेलमा ५ गोल गरिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ १३ शुक्रबार
Comments