एजेन्सी, ३१ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ । म्यानचेस्टर सिटीका लागि खेलको २९ औँ मिनेटमा सिल्भाले र पेनाल्टीमार्फत ३६ औँ मिनेटमा जेससले गोल गरे ।
लेस्टरका लागि ओकाजाकीले ४२ औँ मिनेटमा गोल गरेका हुन् । खेलको ७७ औँ मिनेटमा लेस्टरले पाएको पेनाल्टीको सदुपयोग गर्दै मारेजले गोल गरे पनि त्यो गोलले मान्यता पाएन । पेनाल्टी हान्ने क्रममा उनले दुईपटक बल हानेको भन्दै गोलले मान्यता नपाएको हो । उनको देब्रे खुट्टाले पहिले नै बल छोएको थियो र दाहिने खुट्टाले पेनाल्टी प्रहार गरेका थिए । पेनाल्टी हान्न लाग्दा चिप्लिँदा उनको देब्रे खुट्टाले पहिले नै बल छोएको थियो ।
जितसँगै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको ३६ खेलबाट ७२ अंक भएको छ । ३६ खेलबाट ४३ अंक भएको लेस्टर नवौँ स्थानमा छ । ३६ खेलबाट ८७ अंकसहित चेल्सी विजेता बन्ने पक्का भएको छ भने ३५ खेलबाट दोस्रोमा रहेको टोटनह्यामको ७७ अंक छ ।
म्यानचेस्टर सिटीले लेस्टरलाई हरायो
0
Share.
Comments