काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले मिडफिल्डर बुबाकर कमारालाई अनुबन्ध गरेको छ । एस्टनले फ्रेन्च क्लब मार्सेबाट मिडफिल्डर कमारालाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय मिडफिल्डरले एस्टनसँग पाँच वर्षको सम्झौता गरेका छन् । एस्टनले उनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । मार्सेको एकेडेमीमा हुर्किएका कमाराले सिनियर टोलीका लागि १ सय भन्दा बढी खेल खेलेका थिए ।
हालै सकिएको सिजन क्लबलाई दोस्रो स्थानमा पुर्राउदै च्याम्पियन्स लिगमा छनोट गराउन कमाराले उत्कृष्ट प्रदर्शन गरेका थिए । फिलिपे कौटिन्हो अनुबन्ध गरेपछि एस्टनले दोस्रो खेलाडीको रुपमा कमारालाई अनुबन्ध गरेको हो ।
प्रकाशित मितिः २०७९ जेठ १० मंगलबार
Comments