काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोना पराजित भएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोना भिल्ला रियलसँग २-० गोलले पराजित भएको हो । अल्फन्सो पेड्राजाले ४१ औं मिनेटमा गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५५ औं मिनेटमा मोई गोमेजले गोल गर्दै भिल्लालाई २-० को जित दिलाए । यस हारसँगै बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोडेर सिजनको अन्त्य गरेको छ ।
बार्सिलोनाले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको हो । यस्तै बार्सिलोनाले पछिल्लो १४ वर्षमा सबैभन्दा कम अंक जोडेर सिजनको अन्त्य गरेको छ । भिल्ला रियल ५९ अंक जोडेर सातौं स्थानमा रह्यो । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ ०९ सोमबार
Comments