काठमाडौं ।पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अन्तिम लिग खेलमा जित निकालेको छ ।
आइतबार राति पन्जाबले सनराईजर्स हैदरावादमाथि ५ विकेटको जित निकालेको हो । जितको लागि १५८ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
पन्जाबका लागि लियाम लिभिङस्टोनले अविजित ४९, शिखर धवनले ३९ तथा जोनी बेयर्स्टोले २३ रन बनाए । हैदरावादका फाजल्हक फारुकीले २ तथा वासिन्टन सुन्दर, उमरान मलिक र जगदीश सुचिथले १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो । हैदरावादका अविशेक शर्माले ४३, रोमारियोले अविजित २६ तथा वासिङ्गटन सुन्दरले २५ रन बनाए ।
पन्जाबका नाथन एलिस र हरप्रित ब्रारले ३/३ तथा कागिसो रबाडाले एक विकेट लिए । यस जितसँगै पन्जाब १४ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । हैदरावाद १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
Comments