काठमाडौं । रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन् । क्लबले आइतबार सामाजिक सञ्जालमा हाम्रो हिमालयन टाइगर भन्दै रोहितको तस्वीर पोस्ट गरेको छ ।
रोहितले आइतबार नै ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेका थिए । यो सिजनमा पर्सिजा आठौं स्थानमा रह्यो भने रोहित आवद्ध भएको पेरिसिक केडिरी ११ औं स्थानमा छ ।
रोहितले २०१३ देखि २०१५ सम्म पनि पर्सिजाबाट खेलेका थिए । त्यसपछि उनी मलेसियन क्लब टि टिम एफसीमा अनुबन्ध भए । जहाँ उनले चोटका कारण धेरै समय खेल्न पाएनन् । त्यसपछि उनी सन् २०१७ मा फेरि इन्डोनेसियामै फर्किएका हुन् ।
प्रकाशित मितिः २०७९ जेठ ०८ आइतबार
Comments