एजेन्सी, ३० बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १–० ले पराजित गरेको हो ।
एभर्टनको जितमा रोस बार्कलीले गरेको गोल निर्णायक बन्यो । ५६ औं मिनेटमा बार्कलीले एभर्टनका लागि विजयी गोल गरेका हुन् ।
जितपछि सातौं स्थानको एभर्टनको लिगका तीन खेल बाँकी हुँदा ६१ अंक भएको छ । १५ औं स्थानको वाट्फोर्डको चार खेल बाँकी हुँदा ४० अंक छ ।
बार्कलीको निर्णायक गोलले एभर्टन विजयी
0
Share.
Comments