काठमाडौं । युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा नेपाल विजयी भएको छ । आज त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३३ रनले पराजित गरेको थियो । योसँगै पाँच महिला टी–ट्वान्टी सिरिज नेपालले ३–२ ले गुमाएको छ ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो । युगान्डाका लागि रिता मुसामालीले २६, केभिन अविनोले १५, कान्सी अवेकोले १३ तथा जेनेट बाबाजिले १० रन बनाए ।
नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुईरदुई तथा आस्मिना कर्मचार्य र हिरामाइ रोयले एकरएक विकेट हात पारे । यसअघि, युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।
नेपालका लागि ज्योति पाण्डेले ४९, कबिता जोशीले अभिजित १८, सिताराना मगरले १७ तथा अपसरी बेगमले ११ रन बनाए । युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले एकरएक विकेट लिए ।
पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो । नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो ।
प्रकाशित मितिः २०७९ जेठ ०७ शनिबार
Comments