काठमाडौं । युगान्डाविरुद्धको तेस्रो टी २० खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुर मैदानमा नेपाली टिमलाई आजको खेल जित्दै पर्ने दबाब रहेको छ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल दोस्रो खेल एक विकेटले हार्न पुगेको थियो ।
आजको खेल पनि नेपालले हारेको खण्डमा दुई खेल अगावै सिरिज गुमाउने भएको छ । त्यसकारण पनि नेपाललाई गर या मरको अवस्था रहेको छ । आजको खेलमा तीन खेलाडी परिवर्तन गरिएको छ । जसमा काजल, अप्सरी, कविता सुरुवाती ११ बाट बाहिरीदा ज्योती, रोमा र संगिताले टिममा स्थान बनाएका छन् ।
प्रकाशित मितिः २०७९ बैशाख ०५ बिहिबार
Comments