काठमाडौं । नेपाली महिला क्रिकेट टिम पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगाण्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १०३ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा ९० रनमात्र बनाउन सक्यो ।
नेपालका लागि इन्दु बर्माले १६, डली भट्ट र कविता कुँवरले १३-१३ बिन्दु रावलले १२ र ज्योति पाण्डेले ६ रन जोडे । युगान्डकी सारा अकितेङ र क्वोज्की अवेकोले २-२, जनित एम्बाबाजी र रिता मुसामानीले समान १-१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाका लागि ओपनर केविन अविनोले १५, जनिद एम्बाबाजीले २९, रीता न्याङ्गिन्डोले १८, रीता मुसामालीले १३, फ्राङ्कलिन नजुम्बोले १२ रन बनाए । नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । यस्तै, रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिएका हुन् ।
नेपाल र युगान्डाबीच पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको हो । श्रृंखला पाँच खेलको हुनेछ । दोस्रो खेल मंगलबार दिउँसो त्रिवि मैदानमा हुनेछ ।
प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार
Comments