काठमाडौं । इन्डियन प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर पन्जाब किङ्ससँग पराजित भएको छ ।
शुक्रबार राति खेलमा बैंगलोर पन्जाबसँग ५४ रनले पराजित भएको हो । जितका लागि २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।
बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५, रजत पटीदारले २६ तथा कप्तान विराट कोहलीले २० रन बनाए । पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २-२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । पन्जाबका लागि लियाम लिभिङस्टोनले ७०, जोनी बेयर्स्टोले ६६, शिखर धवनले २१ तथा कप्तान मायांक अग्रवालले १९ रन बनाए ।
बैंगलोरका हर्सल पटेलले ४, वानिन्दु हसरंगाले २ तथा ग्लेन म्याक्सवेल र शहबाज अहमदले १-१ विकेट लिए ।
प्रकाशित मितिः २०७९ बैशाख ३१ शनिबार
Comments