काठमाडौं । घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्ध फिल्डिङ गर्ने भएको छ। नेपालले अन्तिम तथा तेस्रो एकदिवसीय अभ्यास खेलअन्तर्गत केहीबेरपछि जिम्बावेविरुद्ध खेल्न लागेको हो। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
तीन एक दिवसीय अभ्यास खेल १–१ को बराबरीमा छ। पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो। यस खेल जित्ने टोलीले अभ्यास सिरिज पनि जित्नेछ। दुवै टोली जितका साथ अभ्यास अन्त्य गर्न चाहन्छन्।
प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महत, बसिर अहमद, सुनिल धमला
प्रकाशित मितिः २०७९ बैशाख २६ सोमबार
Comments