काठमाडौं । कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा कोलकत्तालाई ७५ रनले पराजित गर्दै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रन मात्र बनायो ।
कोलकत्ताका आन्द्रे रसेलले ४५, सुनिल नारिनेले २२ तथा आरोन फिन्चले १४ रन बनाए । कोलकत्ताका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।लखनउका आभेश खान र जासन होल्डरले ३र३ तथा मोहसिन खान, दुश्मन्था चामिरा र रवि विश्रोईले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो । लखनउका क्विन्टन डी ककले ५०, दिपक होडाले ४१, मार्कुस स्टोनिसले २८, कुर्नाल पान्डयाले २५, आयुष बदोनीले १५ तथा जेसन होल्डरले १३ रन बनाए ।
कोलकत्ताका आन्द्रे रसेलले २ तथा टिम साउथी, शिवम माभी र सुनिल नारायणले १र१ विकेट लिए । लखनउ १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । कोलकत्ता ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७९ बैशाख २५ आइतबार
Comments