काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड ब्राइटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाईटेड ब्राइटनसँग ४–० ले पराजित भएको हो ।
ब्राइटनका लागि मोइसेस, मार्क कुकुरेला, पास्कल ग्रोबले र लिन्द्रो ट्रोसार्डले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । ४९ औं मिनेटमा कुकुरेलाले गोल गर्दै ब्राइटनलाई २–० को अग्रता दिलाए । ५७ औं मिनेटमा ग्रोबले गोल गर्दै ब्राइटनलाई ३–० को अग्रता दिलाए । त्यसपछि ६० औं मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ४–० को जित दिलाए ।
जितसँगै ब्राइटन ४७ अंक जोडेर नवौं स्थानमा रहेको छ । युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख २५ आइतबार
Comments