एजेन्सी, २५ वैशाख। इंग्लिस प्रिमियर लिगमा फर्किएको न्युक्यासलले च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत हिजो बेलुका भएको अन्तिम खेलमा बार्नस्लीलाई ३–० ले हराएको न्युक्यासलले उपाधि जितेको हो । उपाधि होडमा रहेको ब्राइटन लिगको अन्तिम खेलमा एस्टन भिल्लासँग १–१ को बराबरीमा रोकिएपछि न्युक्यासलले उपाधि जितेको हो ।
न्युक्यासललाई महत्वपूर्ण जित दिलाउँदै उपाधि रक्षा गर्नका लागि बार्नस्लीसँगको खेलमा एयोजी पेरेज, चान्सल एमबेम्बा र ड्वाइट् गेलले गोल गरे । उपाधि होडमा रहेको ब्राइटनका लागि एस्टन भिल्लासँगको खेलको अन्तिम समय घातक बन्यो । ८९ औं मिनेटसम्म १–० ले अघि रहेको ब्राइटनका लागि अन्तिमको एक मिनेट घातक बन्यो र उपाधिबाट वञ्चित भयो । यो खेल जितेको भए ब्राइटनले उपाधि जित्ने थियो ।
उपाधि जितेको न्युक्यासलको ९४ तथा दोस्रो भएको ब्राइटनको ९३ अंक भयो ।
न्युक्यासलले च्याम्पियनसिपको उपाधि जित्यो
0
Share.
Comments