काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी टी-२० सिरिजको पहिलो खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।
नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रन बनाए। उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यता, कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रन बनाए। यस्तै, रोहित पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए। मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले १३ बलमा १ चौका र २ छक्कासहित २८ रन बटुले।
अन्य खेलाडीले भने दोहोरो अंकमा रन छुन सकेनन्। आशिफ शेखले ९ र आरिफ शेखले २ रन बनाए। जिम्बावेका लागि ल्यूक जोङ्गवे, ब्राडली इभान्स, ब्रेन्डन माभुता र जोन मसाराले १र१ विकेट लिए।
प्रकाशित मितिः २०७९ बैशाख १८ आइतबार
Comments