एजेन्सी, २४ वैशाख । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु प्रतिस्पर्धी रियल मिड्रडसँग पराजित भएपछिको पहिलो खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले एइबरलाई १–० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन साउल निगुएजले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको एथ्लेटिकोका लागि निगुएजले ६९ औं मिनेटमा विजयी गोल गरेका हुन् ।
जितपछि तेस्रो स्थानको एथ्लेटिकोको लिगका दुई खेल बाँकी हुँदा ७४ अंक भएको छ । एथ्लेटिको चौथो स्थानको सेभिल्ला भन्दा पाँच अंकले अघि छ । अर्को खेलमा स्पोर्टिङ गिजोनले लास पालमसलाई १–० ले हरायो ।
रियल मड्रिडसँग हारेपछिको खेलमा एथ्लेटिको विजयी
0
Share.
Comments