काठमाडौं । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङ्गनिकलाई लाग्छ, टिममा रहेको समस्या समाधान गर्न सानोतिनो परिवर्तनले पुग्ने छैन् । नयाँ सिजनका लागि नयाँ व्यवस्थापकका रूपमा एरिक टेन हाग आउँदैछन् र राङ्गनिक मान्छन्, यी डच प्रशिक्षकले टिममा ‘ओपन हार्ट’ शल्यक्रिया नै गर्नु पर्नेछ ।
जर्मन प्रशिक्षक राङ्गनिक के पनि भन्छन् भने टिममा केही ठीक मनसाय भएका खेलाडीको चाहिएको छ, जसले पूरा टिमकै भावनालाई परिवर्तन गर्नेछ । उनले भनेका छन्, ‘हामीलाई सकारात्मक धारणाको आवश्यकता छ । विशेषतस् नयाँ टिम र नयाँ प्रशिक्षकका लागि । यदी टेन हागले यी सबै पाउने छन् भने पक्कै पनि टिमले राम्रो नतिजा पनि ल्याउन सक्नेछ ।’
म्यानचेस्टरमा अहिले जुन खराब लयका समस्या छ, त्यसलाई तत्काल ठीक पार्न कोही पनि फुटबल प्रशिक्षकले नसक्ने राङ्गनिक मान्छन् । उनले थप्छन्, ‘केही समय त पक्कै चाहिन्छ । समस्या समाधान गर्न साना साना सुधारले पुग्ने छैन् । ओपन हार्ट शल्यक्रिया नै चाहिन्छ । कम्तीमा एक वर्षको समय चाहिन्छ, कम्तीमा तीन ट्रान्सफर विन्डो आवश्यक पर्ने हुन्छ ।’ एजेन्सी
प्रकाशित मितिः २०७९ बैशाख १० शनिबार
Comments