काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बी डिभिजन क्लब नयाँ बस्ती युथ क्लबलाई तीन लाख जरीवाना गरेको छ।
मध्यपुर युथ एसोसियनविरूद्धको खेलमा मैदानभित्र गरिएको अभद्र व्यवहार र अनुशासनहीन काम गरेको भन्दै एन्फाअन्तर्गतको लिग कमिटीको बैठकले नयाँ बस्तीलाई जरीवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको हो।
क्लब अफिसियल श्रीबहादुर योगीलाई दुई वर्ष एन्फाले आयोजना गर्ने फुटबल गतिविधिमा सहभागीता हुन नपाउने निर्णय गरेको छ। यस्तै, क्लब व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष फुटबलमा प्रतिबन्ध लगाएको छ।
गएको चैत २६ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मध्यपुर युथसँग ३–१ अन्तरले पराजित भएसँगै क्लबका प्रतिनिधिले भौतिक सामग्री तोडफोड गरेका थिए।
चर्च ब्वाईज युनाइटेड र खुमलटार युवा क्लब शीर्ष डिभिजनमा उक्लिँदा नयाँ बस्तीले भने ११ औं स्थानमा रहेर बी डिभिजन लिग टुंग्याएको थियो। १४ टोली सहभागी लिगमा सामाजिक युथ क्लव र झम्सिखेल युथ क्लव रेलिगेशनमा परेका छन्।
Following the 3-1 loss in the match played on April 9, players and officials of the club had vandalized physical properties and resorted to verbal abuse of match officials at ANFA Complex.https://t.co/vIF1tJ7Tke
— All Nepal Football Association (@theanfaofficial) April 19, 2022
प्रकाशित मितिः २०७९ बैशाख ०६ मंगलबार
Comments