काठमाडौं । आइतबार पञ्जाव किंग्सविरुद्ध शानदार बलिङ प्रदर्शन गरेपछि सिनियर कंग्रेस मेम्बर शशि थरुरले सनराइजर्स हैदरवादका उमरान मल्लिको प्रशंसा गरे ।
मल्लिकले २०औं ओभर मेडन राख्दै ३ विकेट लिए । उनले उक्त ओभरमा कुनै रन दिएनन् भने ३ विकेट लिए । यस्तै एक रनआउट पनि सोही ओभरमा भयो । उर्मानले ओडेन स्मथि, राहुल चाहर र वैभव आरोहलाई आउट गरे । उर्मानले २८ रन खर्चेर ४ विकेट लिएपनि पञ्जाव १५१ रनमा अलआउट भयो ।
थरुरले ट्वीट गर्दै भातरीय टिममा उमरानको आवश्यकता रहेको लेखेका छन् ।यस्तै तेलङ्गना राष्ट्र समितिका अध्यक्ष केटी राना राओले पनि आश्चर्यजनक स्पेलका लागि उमरान प्रशंसा गरेका छन् । ‘कच्चा गतिले भरिएको कस्तो अविश्वसनीय जादू #उमरानमल्लिक । आईपीएलमा अहिलेसम्मकै उत्कृष्ट ओभर ।’
आईपीएल २०२२ मा उमरानले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जम्मु कस्मिरका यी अनक्याप्ड खेलाडीले अहिलेसम्म ६ खेलमा ९ विकेट लिइसकेका छन् ।यसअघि गुजरात टाइटन्सविरुद्धको खेलमा उनले जारी सिजनकै सबैभन्दा तिव्र गतिको बलिङ गरेका थिए । उनले १५३.३ किमी पर हावरको गतिमा बलिङ गरेका थिए ।
२०२१ को आईपीएल अन्तर्गत रोएल च्यालेन्जर्स बेंगलोर विरुद्ध उनले सिजनकै तिव्र गतिमा १५२.९५ को गतिमा बलिङ गरेका थिए ।इंग्ल्याण्डका पूर्व कप्तान माइकल भने पनि यसअघि उमरानको प्रशंसा गरेका थिए ।
‘उमरानले भारतको लागि चँडै खेल्नेछन् । यदी म बीसीसीआईमा भएको भए मैले उनलाई काउन्टी क्रिकेट खेल्न पठाउने थिएँ ।’ भनले ट्वीट गरेका छन् ।
उमरान र भुवनेश्वर कुमारले उत्कृष्ट प्रदर्शन गरेपछि सनराइजर्स हैदरवादले आइतबार पञ्जाव किंग्सलाई ७ विकेटले हराएको थियो । यस सिजन सनराइजर्सको यो लगातार चौथो जित हो । एजेन्सी
What an unbelievable spell full of raw pace #UmranMalik ????????
Take a bow young man ???? By far probably the best ever over in IPL pic.twitter.com/nxZdBQyOVv
— KTR (@KTRTRS) April 17, 2022
प्रकाशित मितिः २०७९ बैशाख ०५ सोमबार
Comments