काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
लिभरपुलले समग्रमा ६(४ को जित निकालेको हो । पहिलो लेगमा लिभरपुलले ३-१ को जित निकालेको थियो । दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गरे । खेलको २१ औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए ।
३२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई १-१ को बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
६५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । खेलको ७३ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दा बेन्फिका ३-२ को स्थितिमा आयो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो । अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७९ बैशाख १ बिहीबार
Comments