काठमाडौँ । ग्रेट हिमालयन क्रिकेट एकेडेमीले श्रीलंकाका क्रिकेट प्रशिक्षक मिहिराज बसन्थलाई ब्याटिङ कन्सल्टेन्टमा नियुक्त गरेको छ । उनी ३ महिनाका लागि नेपाल आउनेछन् । उनले हिमालयन क्रिकेट एकेडेमी हात्तीवन र शान्तिनगरमा रहेका क्रिकेट प्रशिक्षार्थीलाई क्रिकेट प्रशिक्षण दिनेछन् ।
बसन्थले श्रीलंकाको फस्ट क्लास क्रिकेटमा आठ बर्ष विभिन्न क्लबमा रही खेलेका हुन् । पूर्व खेलाडीसमेत रहेका बसन्थ यसअघि सेन क्रिकेट एकेडेमी बंगलोरमा प्रमुख प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
हिमालयन क्रिकेट एकेडेमीका सुदीप शर्माले भने, ‘हामी हाम्रा प्रशिक्षार्थीलाई उत्कृष्ट प्रशिक्षण दिँदै आएका छौं । मिहिराजको उपस्थितीले खेलाडीलाई झन हौसला र उत्कृष्ट प्रशिक्षण मिल्नेमा हामी विश्वस्त छौं ।’
प्रकाशित मितिः २०७८ चैत ३० बुधबार
Comments