काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । पुनेमा हुने खेलमा आज मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।
चार खेलमा लगातार हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहेको छ । पन्जाब भने आज तेस्रो जितको खोजीमा रहेको छ । पन्जाबले ४ खेलमा ४ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ चैत ३० बुधबार
Comments