काठमाडौँ । डिफेन्डिङ च्याम्पियन चेल्सीलाई समग्रमा ५–४ गोलको नतिजमा पराजित गर्दै स्पेनिस लिग लिडर रियाल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।पहिलो लेगमा ३–१ को नतिजमा जित निकालेको रियाल घरेलु मैदानमा भएको खेलमा ३–२ ले पछि परे पनि समग्रमा ५–४ ले जित निकाल्दै सेमिफाइनल पुग्यो ।
मंगलबार राति भएको खेलमा खेलको ७५औं मिनेटसम्म तीन गोलको अग्रता बनाइ सकेको थियो। मासन माउन्टले १५औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । एन्टोनियो रुडिगरले ५१औं मिनेटमा अग्रता दोब्बर पारे । यस्तै, टिमो वेर्नरले ७५औं मिनेटमा चेल्सीका लागि तेस्रो गोल गरे ।
तर, ८०औं मिनेटमा रियालका रोड्रिगोले गोल गर्दै खेललाई ३–१को स्थितिमा ल्याए । यससँगै खेल ४–४ को बराबरी भएको थियो । खेलको इन्जिुरी समयमा कारिम बेन्जेमा गोल गर्दै रियालको जित सुनिश्चित गरे । पहिलो लेगमा चेल्सीलाई हराउन बेन्जेमाले ह्याट्रिक गरेका थिए ।
जारी सिजन च्याम्पियन्स लिगमा बेन्जेमाले दुई ह्याट्रिकसहित १२ गोल गरिसकेका छन् ।रियालले फाइनल प्रवेशका लागि म्यान्चेस्टर सिटी र एटलेटीको मड्रिडको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा सिटीले एटलेटिकोलाई १–० गोलको नतिजामा पराजित गरेको थियो । सिटी र एट्लेटिकोबीचको खेल बुधबार राति हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ चैत ३० बुधबार
Comments