भक्तपुर । भक्तपुर जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा दिपक थापा मनोनयन भएका छन् ।
खेलकुद विकास परिषद बागमती प्रदेशले थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।
उनलाई प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा १ तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम१ मा व्यवस्था भए बमोजिम मनोनयन गरेको परिषद्ले जनाएको छ ।
उनलाई २ वर्षको लागि मनोनयन गरिएको परिषदले जनाएको छ ।
प्रकाशित मितिः २०७८ चैत २९ मंगलबार
Comments