एजेन्सी, २० बैशाख । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेग अन्तर्गत गएराति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हरायो । रियलका क्रिष्टियानो रोनाल्डोले पहिलो हाफको १०, ७३ र ८६ मिनेटमा गोल गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा लगातार दुई खेलमा दुई ह्याट्रिक पुरा गरेका छन् । योसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म एक सय तीन गोल गरेका छन् ।
रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हरायो
0
Share.
Comments