काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबकी कुसुम खड्का प्रथम कृष्णप्रसदा भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ४५ केजीमा च्याम्पियन बनेकी छिन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगितामा आर्मीका लागि यो पहिलो स्वर्ण पदक हो ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको ४५ केजीको फाइनलमा कुसुमले मधेश प्रदेशकी प्रोसिया चौधरीलाई पराजित गरेकी थिइन् । फाइनलमा कुसुमले प्रोसियालाई १०–५ ले हराएकी थिइन् । प्रोसियाले रजत तथा एपिएफकी दीपा लामा र सुदूरपश्चिम प्रदेशकी निशा थापाले कास्य पदक जिते । दुई वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा स्वर्ण जितेकी कुसुमले शुक्रबार क्वार्टरफाइनलमा गण्डकीकी उशा शर्मालाई ९–१ ले र सेमिफाइनलमा निशालाई १०–१ ले हराएकी थिइन् ।
प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार
Comments