काठमाडौं । नेपाल जुडो संघका पूर्वउपाध्यक्ष अम्बिकाबहादुर क्षेत्री स्मृति खुल्ला जुडो प्रतियोगिताको नवौं संस्करण शनिबारदेखि सुरु हुने भएको छ । क्षेत्री परिवारको प्रयोजन तथा जुडो संघको आयोजनामा हुन लागेको यस प्रतियोगितामा जिल्ला, क्लब संस्था र विद्यालयका गरी २४ टिमका २०० खेलाडीको सहभागिता रहने छ ।
क्षेत्री अक्षयकोषको वार्षिक ब्याजबाट हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिता कोभिड महामारीका कारण ३ वर्षयता हुन सकेको थिएन । प्रतियोगिताका खेल नयाँबजारस्थित जुडो हलमा हुनेछ ।
२ दिने प्रतियोगितामा पुरुषतर्फ ६० केजीमुनि, ६६, ७३, ८१, ९० केजीमुनि तथा १०० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ । महिलातर्फ ४८ केजीमुनि, ५२, ५७, ६३, ७० र ७८ केजीमुनि तथा ७८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ ।
प्रकाशित मितिः २०७८ चैत २४ बिहिबार
Comments