एजेन्सी, १९ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वाट्फोर्डलाई १–० ले हराएर लिभरपुलले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो बनाएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा एमरी क्यानले गरेको गोल नै निर्णायक बन्यो । उनले ओभरहेड किक मार्फत सुन्दर गोल गरेका हुन् ।
जितपछि तेस्रो स्थानमा रहेको जर्गेन क्लोपको टिम लिभरपुलको लिगका तीन खेल बाँकी हुँदा ६९ अंक भएको छ । लिभरपुल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा तीन तथा पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा चार अंकले अघि छ । ३४ खेलबाट ४० अंक जोडेको वाट्फोर्ड १३ औं स्थानमा छ ।
लिभरपुलको सम्भावना बलियो
0
Share.
Comments